धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कोरोना संक्रमित वडा अध्यक्षको बाटोमै मृत्यु

कोरोनको संक्रमाणको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाजुराका एक जना वडा अध्यक्षको बाटोमै मृत्यु भएको हो ।

कोरोना संक्रमित वडा अध्यक्षको बाटोमै मृत्यु
विनोद कुमार वि क

बाजुरा कोरोनको संक्रमाणको उपचारका लागि डडेल्धुरा लैजाने क्रममा बाजुराका एक जना वडा अध्यक्षको बाटोमै मृत्यु भएको बडीमालिका नगरपालिका वार्ड नम्बर का अध्यक्ष विनोद कुमार वि लाई डडेल्धुरा लैजाने क्रममा साफेबगरमा मृत्यु भएको आफन्त राजेश वि ले बताए

बाजुरा जिल्ला अस्पातलको आइसोलेसनमा उपचार गराइरहेका वि को थप उपचारका लागि शनिबार डडेल्धुरा पठाइएको थियो

 बाजुरा जिल्ला अस्पतालमा भ्यान्टिलेटर आइसीयु नहुँदा थप उपचारका लागि जिल्ला अस्पताल बाजुराले डडेल्धुरा रिफर गरेको थियो  

वि का अनुसार जीपमा उपचारका लागि साफे पुरयाएको  अवस्थामा बीच बाटोमा सास फेर्न गाह्रो भएपछि बाटोमै  मृत्यु भएको हो

बाजुरा जिल्ला अस्पतालमा दुई वटा भ्यान्टिलेटर दुई वटा आइसीयु भए पनि जनशक्ति अभावका कारण संचालन हुन सकेका छैनन्