धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

कैलालीका अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

धनगढी स्थित सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उनीहरुको मृत्यु भएको हो ।

धनगढी कैलालीका तीन अस्पतालमा  कोरोना संक्रमित थप जनाको मृत्यु भएको धनगढी स्थित सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल धनगढीकै एक निजी अस्पतालमा उनीहरुको मृत्यु भएको हो

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका की ४५ वर्षीय महिला, धनगढीकै वडा नम्बर १८ की ५० वर्षीया महिला कञ्चनपुरको भीमदत्त नगरपालिका१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको हो

यस्तै, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका का ५० वर्षीय पुरूष सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको जोशीले बताए धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको उनले बताए