धनगढी पोष्ट
आइतबार, २६ बैशाख २०७८ मा प्रकाशित
भारतको राजधानी दिल्लीमा लकडाउन थप एक हप्ता लम्बिने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण बढि प्रभावित हुने मध्येको एक दिल्लीमा लकडाउन एक हप्ता थप गरिएको घोषणा मुख्यमन्त्री अरबिनद केजरीवालले गरेका हुन् ।
लकडाउन पहिले कोरोना भाइरसको संक्रमणदर ३५ प्रतिशत रहेको र लकडाउनपछि २३ प्रतिशतमा झरेको केजरीवालले बताएका छन् ।
बाध्यताले लकडाउन बढाउनु परेको उनले बताएका छन् । अब लकडाउन थप कडा हुने भएको छ । सोमबारदेखि मेट्रो रेल पनि चल्ने छैनन् ।