धनगढी पोष्ट
मङ्गलबार, २८ बैशाख २०७८ मा प्रकाशित
धनगढी । कैलाली जिल्लामा तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलहरु हप्तामा तीन दिन मात्र सञ्चालन हुने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) कैलालीले कोभिडको जोखिम नियन्त्रणका लागि थप कडाइ गर्दै तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलहरु मंगलबारदेखि लागु हुने गरि हप्तामा तीन दिन मात्र सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
डिसिसीएमसीको उक्त निर्णयपछि अब हप्तामा मंगलवार, विहिबार र शनिबार मात्र बिहान ६ देखि ९ बजेसम्म तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलहरु सञ्चालन हुनेछन् । पसल सञ्चालन गर्दा जनस्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण रुपमा पालना गर्नु पर्नेछ ।
बैशाख १६ गतेदेखि कैलालीमा लकडाउन लागु भएको समयमा हरेक दिन बिहाद ६ देसख १० बजेसम्म तरकारी, फलफूल तथा खाद्य वस्तुका पसलहरु सञ्चालन हुदै आएका छन् ।