धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

धनगढीमा एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रियो, अस्पतालमा अक्सिजनको थप अभाव

मालिका ग्यास उद्योगल उद्योगको दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो ।

धनगढीमा एक मात्र ग्यास उद्योगको प्लान्ट बिग्रियो, अस्पतालमा  अक्सिजनको थप अभाव

धनगढी  । अस्पतालहरुमा अक्सिजनको अभाव भैरहेको बेलामा धनगढीमा रहेको एक मात्र उद्योगको प्लान्ट बिग्रिएको धनगढी स्थित मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग्रिएपछि कोरोना संक्रमित बिरामीहरुको उपचारमा थप  समस्या सिर्जना हुने भएको

ग्यास उद्योगको अक्सिजन प्लान्ट सोमबार राति बिग्रिएको जानकारी आएको बताउँदै जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले अक्सिजन आपूर्तिमा थप समस्या सिर्जना भएको जोशीले बताए

मालिका ग्यास उद्योगल उद्योगको दैनिक एक सय ५० देखि एक सय ८० सिलिन्डर अक्सिजन उत्पादन गर्दै आएको थियो

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले मालिकाले दैसनक उपलब्ध गराउने कम्तिमा ४० सिलिन्डर अस्पतालकै अक्सिजन प्लान्टबाट उत्पादित ६० सिलिन्डर गरेर दैनिक एक सय सिलिन्डरले कोरोना संक्रमितहरुको माग केही मात्रामा भए पनि धानिरहेको बताए

सुदुरपश्चिमममा ग्यास उत्पादन गर्ने एक मालिका ग्यास उद्योग एक मात्र ग्यास उद्योग हो ।मर्मतका लागि भारतबाट जनशक्ति ल्याउनुपर्ने भएकाले त्यसका लागि पहल थालिएको उनले बताए। जोशीका अनुसार अहिले नेपालगञ्जबाट थप अक्सिजन सिलिन्डर ल्याउने प्रयास भइरहेको