धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

‘धनगढीका ५० प्रतिशत कोरोना  संक्रमितहरुको मोबाइल स्वीच अफ’

आफुलाई कोरोना लागेको सार्वजनिक गर्न नचाहेर मोबाइलल स्वीच अफ गरेर बस्दा  समुदायमा कोरोनाको थप जोखिम बढाएको छ ।

‘धनगढीका ५० प्रतिशत कोरोना  संक्रमितहरुको मोबाइल स्वीच अफ’

धनगढी धनगढी उपमहानगरपालिकाका कोरोना संक्रमित ५० प्रतिशत भन्दा बढी व्यक्तिहरुले मोबाइल स्वीच अफ गरेर बस्ने गरेका छन् आफुलाई कोरोना लागेको सार्वजनिक गर्न नचाहेर मोबाइलल स्वीच अफ गरेर बस्दा  समुदायमा कोरोनाको थप जोखिम बढाएको  

कोरोना संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा बसेर अवस्था बुझ्न उपमहानगरवालिकाले निरन्तर कोशिश गर्दै आएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक  लक्ष्मी राज उपाध्यायले भनेअहिले कोरोना संक्रमित पुष्टि भएका धेरै जसो व्यक्तिहरु आफुलाई कोरोना लागेको कुरा बाहिर ल्याउन चाहिरका छैनन्

 उपमहानगरपालिकाबाट गरिएको सम्पर्कमा ५० प्रतिशत भन्दा बढी संक्रमितहरु मोबाइल स्वीच  अफ गरेर बसेको भेटिएको स्वास्थ्य निरीक्षक एवम कोभिड फोकल पर्सन उपाध्यायले बताए कोरोना संक्रमितहरुसँग सम्पर्कमा बसेर सल्लाह दिन धनगढी उपमहानगरपालिकाले कर्मचारीको व्यवस्था गरेको

  यसपटक समुदायमा बढी खटिएका व्यक्तिहरुमा बढी कोरोना संक्रमण  देखिएको समुदायमा बढी खटिएका  बिबाह, ब्रतबन्ध अरु पार्टीमा गएका व्यक्ति तिनका परिवारहरुमा अहिले कोरोना बढी देखिएको स्वास्थ्य निरीक्षक एवम कोभिड फोकल पर्सन उपाध्यायले   भनेयसपटक बाहिरबाट आएका भन्दा पनि समुदायमै रहेका व्यक्तिहरुमा बढी संक्रमण भएको

कोरोना संक्रमित व्यक्तिहरु खुल्न  नचाहदा अरु व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना संक्रमणको  जोखिम पनि बढी हुने गरेको एउटै घरका परिवारका सदस्यहरु संक्रमित भएर गुपचुप बसिरहेको भेटिएको बताउर्दै उपाध्याय यसले जोखिम बढाएको बताउँछन्

  व्यक्तिहरु नखुल्दा नयाँ संक्रमण बढेको हो कि फलो अफमा फेरि कोरोना संक्रमण  देखिएको हो भन्ने यकिन हुन नसकिरहेको उपाध्यायले बताए यसले  संक्रमितहरुको यकिन संख्या ठीक हुने दर निकाल्न गाह्रो भैरहेको उपाध्यायले भने    ‘पीसीआर जाँच गर्न आएको व्यक्तिले फलो अप भनेको भए हामी फलोअपमा राख्थ्यौ तर त्यस्तो नभन्दा एउटा व्यक्तिले चार पटक पीसीआर जाँच गरयो पोजिटिभ आयो भने एउटै व्यक्तिको चार पटक जोडिन्छ