धनगढी पोष्ट
बिहिबार, ३० बैशाख २०७८ मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठ पुगेका छन् ।
गठबन्धन सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आव्हान गरेको तीन दिनको समयसीमा सकिँदै गर्दा उनीहरु नयाँ सरकार गठनबारे छलफल गर्न त्यहाँ पुगेका हुन् ।
महन्थ–राजेन्द्र पक्षले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल थालेको बुझिएको छ । ठाकुरको नेतृत्वमा गठबन्धन सरकार बनाउन कांग्रेस सभापति देउवालाई प्रस्ताव राखेको महन्थ राजेन्द्रनिकट एक नेताले जानकारी दिए ।
उनले भने, ‘महन्थजीको नेतृत्वमा सरकार गठन गर्न पहल थालिएको छ । त्यही प्रस्ताव बोकेर उहाँहरु बुढानीलकण्ठ पुग्नुभएको हो ।’