धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

माधव सहित चार नेतामाथिको कारवाही फुकुवा

नेपाल पक्षले राजीनामा दिने तयारी गरेपछि  केपी ओलीले यस्तो निर्णय गरेका हुन ।

माधव सहित चार नेतामाथिको कारवाही फुकुवा

काठमाडौं नेकपाएमालेको स्थायी समिति बैठकले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फुकुवा गरेको छ।

बालुवाटारमा बिहीवार बसेको स्थायी कमिटी बैठकले नेता नेपाल सहित सुरेन्द्र पाण्डे, भीम रावल घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको हो

सो कारबाही बैठकले फुकुवा गरेको स्थायी समिति सदस्य विष्णु रिमालले बताए नेपाल पक्षले राजीनामा दिने तयारी गरेपछि  केपी ओलीले यस्तो निर्णय गरेका हुन पार्टी एकतालाई बचाइ राख्न नेताहरुमाथि कारवाही फुकुवा गर्ने प्रस्ताव ओलीले बैठकमा राखेका थिए