धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

डोटीमा जेठ १५ सम्म लम्ब्याइयो निषेधाज्ञा

जिल्लामा अब खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् ।

डोटीमा जेठ १५ सम्म लम्ब्याइयो निषेधाज्ञा

डोटी डोटीमा जारी निषेधाज्ञा जेठ १५ सम्म लम्ब्याइएको कोरोना जोखिम बढेको भन्दै डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल पोखरेलले थप कडाईका साथ डोटीमा निषेधाज्ञाको आदेश जारी गरेका छन्

प्रमुख जिल्ला अधिकारी पोखरेलले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि बैशाख २१ गतेदेखि लागू गरिएको निषेधाज्ञा जेठ १५ गतेसम्म थप गरेका हुन् निषेधाज्ञाको समयमा जिल्लामा अत्यावश्यक बाहेकका सबै सवारी साधन बन्द रहनेछन्

जिल्लामा अब खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् खाद्य सामग्रीका पसलहरु बिहान बजेदेखि बिहान बजेसम्म साँझ बजे देखि बजे सम्म मात्रै खोल्न पाइने छन्

अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी साधन मात्र सञ्चालन गर्न पाइने बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्