धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

खैरो हिरोइन सहित कन्चनपुरमा दुइ जना पक्राउ

से ४ प ७५२७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन्  ।

महेन्द्रनगर ।  सशस्त्र प्रहरीले  लागुऔषध खैरो हिरोइन सहित दुई जनालाई बिहीबार साँझ बेलौरी नगरपालिका१० भुडा थापाचोकबाट पक्राउ गरेको

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ऐठपुरका ३० बर्षीय असोक सुनार सोही ठाउँका २० वर्षीय केशव चन्द रहेका छन्  से ७५२७ नम्बरको मोटरसाईलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनीहरु पक्राउ परेका हुन् 

दुवै जनाको साथबाट दशमलव ६९० ग्राम खैरो हिरोइन बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐर बताए

  पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको