धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

नेपालगञ्जमा वार्ड कार्यालय नै आइसोलेसनमा परिणत

नेपालगन्जमा यसअघि वडा नम्बर–४ ले दुई जना चिकित्सकसहित १० शैयाको आईसोलेसन सञ्चालन गरिरहेको छ ।

नेपालगञ्जमा वार्ड कार्यालय नै आइसोलेसनमा परिणत
नगरप्रमुख धवलशमशेर राणा र उपप्रमुख उमा थापामगर आइसोलेसनको उद्घाटन गर्दै

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ को कार्यालयलाई आईसोलेसन वार्ड बनाइएको चार जना महिला १० जना पुरुषलाई राख्न सकिने गरि १४ सइयाको अस्थाई आईसोलेसन  सञ्चालन गरिएको वडा अध्यक्ष बुद्धीसागर सुवेदीले जानकारी दिए

नगर प्रमुख राणाले कोभिड संक्रमण अन्त्य हुने निश्चित नभएका कारण भविष्यमा आईपर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तयारी गर्नुपर्ने बताए उनले वडा कार्यालयमा आईसोलेसन भएपछि वडाबासीलाई सहज हुने बताए

वडा अध्यक्ष सुवेदीका अनुसार भाडामा बस्ने घरमा आईसोलेसनको सहज व्यवस्था हुन नसक्नेहरुका लागि लक्षित गरि आईसोलेसन तयार गरिएको हो केही दिनमा चिकित्सक औषधी सहितको घरदैलो अभियान सञ्चालन गरिने कार्यालयले जनाएको नेपालगन्जमा यसअघि वडा नम्बर ले दुई जना चिकित्सकसहित १० शैयाको आईसोलेसन सञ्चालन गरिरहेको

उपमहानगरपालिकाले ह्वाईटहाउस रामलिला मैदानमा आईसोलेसन केन्द्र सञ्चालन गरिरहेको वडाहरुमा चिकित्सक सहितको घरदैलो सेनिटाईजर गर्ने कार्य चलिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन्