धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

बैतडीमा निषेधाज्ञा जेठ १७ सम्म थप भयोे

बैतडीका प्रमुख जिल्ला अधिकारीले १७ दिन थप गरेपछि निषेधाज्ञा जेठ १७ सम्म लम्बिएको हो ।

बैतडीमा निषेधाज्ञा जेठ १७ सम्म थप भयोे

बैतडी   बैतडी जिल्ला जारी निषेधाज्ञा जेठ १७ गतेसम्म थप गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारीले १७ दिन थप गरेपछि निषेधाज्ञा जेठ १७ सम्म लम्बिएको हो

जिल्लामा कोरोना भाईरसको संक्रमण तीव्र गतिमा फैलिरहेकाले संक्रमण रोक्नका लागि  निषेधाज्ञा जारी राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए

वैशाख २०  लागु गरिएको निषेधाज्ञा जेठ गम्म जारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिशमा निषेधाज्ञा थप गर्ने निर्णय भएको हो

निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिडडुँल गर्न पाइने छैन खाद्यान्न तथा तरकारी पसल बिहान देखि बजे सम्म मात्रै खोल्न पाइनेछ यसअघि बिहान १० बजेदेखि पसल खोल्ने पाइने निर्णयमा थप कडाई गरिएको हो

सूचना अधिकारी खगेन्द्र भारतीले भने विवाह, ब्रतबन्ध जस्ता कार्यहरु थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न जानकारी दिए