धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

उपेन्द्र यादब पक्षको बैठक बस्दै, ठाकुर पक्षलाई जानकारी छैन

ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केशव झाले कार्यकारिणी बैठकको कुनै सूचना नआएको जानकारी दिए ।

काठमाण्डौं । दुवै पक्षले छुट्टाछुट्टै अभ्यास गरिरहेको जनता समाजवादी पार्टी (जसपा ) का अध्यक्ष उपेन्द्र यादव पक्षको आज शनिवार दिउँसो बजे को केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाइएको तर उक्त बैठकबारे पार्टीकै महन्थ ठाकुर पक्षलाई जानकारी गराइएको छैन

समसामयिक बिषयमा छलफलका लागि उपलब्ध कार्यकारिणी समिति सदस्यहरुको बैठक बोलाइएको यादब पक्षीउ नेता कार्यकारिणी समिति सदस्य रामसहाय यादवले बताए

उपलब्ध कार्यकारिणी समितिका सदस्यलाई बोलाइएको उनले भने,  ‘बैठकमा समसामयिक राजनीतिक विषयमाथि छलफल समीक्षा गरिनेछ

पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो पक्षका सदस्यलाई बैठकबारे जानकारी दिइएको छैन ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केशव झाले कार्यकारिणी बैठकको कुनै सूचना नआएको जानकारी दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषय नयाँ सरकार गठनका विषयमा विभाजित बनेको जसपामा अध्यक्ष ठाकुर यादव पक्ष छुट्टाछुट्टै अभ्यास गरिरहेका छन्  यसअघि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका जना प्रदेश सांसदलाई अध्यक्ष यादव पक्षले एकलौटी कारवाही गरेको आरोप लागेको थियो