धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

घोडोघोडीमा पनि क्वारेन्टिनबाट घर गएका ११ जनामा कोरोना पुष्टि

घोडोघोडीमा पनि क्वारेन्टिनबाट घर गएका ११ जनामा कोरोना पुष्टि

सुखड

  कैलालीको घोडाघोडी नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किसकेका  ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परिक्षणमा ११ जनामा कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले बताए  ।

  नया संक्रमित थपिएसँगै घोडाघोडी नगरपालिकामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यसअघि नै  घोडाघोडीको वडा ११ मा १ जना संक्रमित फेला परेका थिए ।

  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परिक्षणमा पनि घोडाघोडीका २० जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु पनि १० दिन अघि क्वारेन्टिनबाट घर फर्किसकेका छन् ।

    नगरपालिकाले आईसोलेशनमा रहेका ७० जनाको स्वाव संकलन गरी पठाएको थियो  


ट्रेन्डिङ