धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कोरोना संक्रमण बढेपछि पाटन नगपालिकाका ३ वडा सिल

सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन्  ।

कोरोना संक्रमण बढेपछि पाटन नगपालिकाका ३ वडा सिल

बैतडी कोरोना संक्रमण बढ्न थालेपछि  बैतडीको पाटन नगरपालिकाका ओटा वडालाई पूर्ण रुपमा सिल गरिएको आइतबार बसेको सर्वपक्षीय बैठकले वार्ड नम्बर , १० लाई जेठ १७ गते सम्मका लागि सिल गर्ने निर्णय गरेको हो

सिल गरिएको अवधिमा एक वडाबाट अर्को वडामा जान पाइने छैन भने वडाभित्र रहेका सबै बजारहरु पूर्ण रुपमा बन्द रहनेछन्  सिल गरिएको अवधिमा वार्डका बजार हिडडुल बन्द हुने पाटन नगरपालिका वडा नं का वडा अध्यक्ष लोकबहादुर भण्डारीले बताए

कोरोना संक्रमणकै कारण ज्यान जाने थालेपछि वडाहरु पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको वडा नं का वडा अध्यक्ष पृथ्वीराज पन्तले जानकारी दिए  आइतबार मात्रै पाटन नगरपालिका वडा नं का ३४ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भएको थियो