धनगढी पोष्ट
सोमबार, ०३ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौं । नेकपा एमाले विवाद समाधानका लागि सम्वाद गर्न गठन गरिएको वार्ता टोलीको बैठक अनिश्चित भएको छ । बैठक आज सोमबार बस्ने भनिए पनि नेता भीम रावलको स्वास्थ्यमा समस्या देखिएपछि अनिश्चित भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आइतबार भएको छलफलपछि १० सदस्य रहेको समिति गठन भएको थियो । समितिमा नेपाल पक्षबाट प्रतिनिधित्व गरिरहेका रावलको आँखामा समस्या देखिएपछि वार्ता अनिश्चित बनेको हो ।
वार्ता टोलीलाई २०७५ जेठ २ को आधारमा रहेर सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।