धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

गोदावरी नगरपालिकाका २ वडामा ६० प्रतिशत संक्रमित

बजार, कार्यालयहरु र घनाबस्ती भएका क्षेत्रमा बढी संक्रमण छ

गोदावरी नगरपालिकाका २ वडामा ६० प्रतिशत संक्रमित

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका मध्य ६० प्रतिशत संक्रमितहरु बजार क्षेत्रका २ वडाका मात्र रहेका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर १ र वडा नम्बर २  शय ७ र वडा नम्बर २ मा १ शय ८८ जना गरि ३ शय ९५ जना संक्रमित भएका छन् । गोदावरी नगरपालिका कोरोनाको दोश्रो लहर शुरु भएयता ६ शय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।

नगरपालिकामा सबै भन्दा कम वडा नम्बर ८ र १२ मा सबै भन्दा कम ८÷८ जनामा मात्र संक्रमण भएको गोदावरी नगरपालिकाका सुचना प्रविधि अधिकृत नारायण प्रसाद बडुले जानकारी दिए ।

गोदावरी नगरपालिकाो वडा नम्बर १ मा अत्तरिया बजार क्षेत्र र वडा नम्बर २ बजार नजीकैको घना बस्ती रहेको तेघरी क्षेत्र हो ।

बढी चहलपल हुने क्षेत्रमा नै यस पटक कोरोना संक्रमण बढी भैरहेको गोदावरी नगरपालिकाका सिअहेव अधिकृत बीर बहादुर कुवर बताउँछन् । बजार, कार्यालयहरु र घनाबस्ती भएका क्षेत्रमा बढी संक्रमण छ । सिअहेव अधिकृत बीर बहादुर कुवर भन्छन् सामाजिक दुरी कायम गर्नु कोरोनाबाट जोगिने मुख्य उपाय हो । तर चहल पहल बढी भएका  क्षेत्रमा सामाजिक दुरी कायम हुन नसकेकोले संक्रमण बढी छ ।  

सुचना प्रविधि अधिकृत नारायण प्रसाद बडुका अनुसार  वडा नम्बर ३ मा २१ महिला र ३३ पुरुष गरि ५ जना, वडा नम्बर ४ मा  १० महिला र ३५ पुरुष गरि ४५ जनावडा नम्बर ५ मा  १३ महिला र ३९ पुरुष गरि ५२ जना र वडा नम्बर ६ मा ११  महिला र २३ पुरुष गरि ३४ जनामा  मा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै  वडा नम्बर ७ मा १ महिला र ८ पुरुष गरि  ९ जनामा, वडा नम्बर ८ मा  ४ महिला र ४ पुरुष गरि ८ जनामा  र वडा नम्बर ९ मा २  महिला र ८ पुरुष गरि १० जनामा, वडा नम्बर १० मा ७  महिला र १४ पुरुष गरि २१ जनामा, वडा नम्बर ११ मा ७  महिला र १४ पुरुष गरि २१ जनामा र वडा नम्बर १२ मा ४  महिला र ४ पुरुष गरि ८ जनामा संक्रमण पुष्टि भएको छ । 

सिअहेब अधिकृत कुवर बाक्लो बस्ती क्षेत्रमा बिभिन्न कारणले सामाजिक दुरी कायम नहुदा संक्रमण दर बढी भएको बताउँछन् । कुवर भन्छन – ‘स्वास्थ्य मापदण्डको पालना नहुनु र कोरोनासँगको डर पनि केही कम भएकोले जोखिम बढाएको छ ।