धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कैलालीमा चौथो पटक  निषेधाज्ञा जारी, अब निषेधाज्ञा जेठ १३ सम्म लम्बिने

जिल्ला कोभिड १९ संकट व्यवस्थान समिति (डीसीएमसी ) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

कैलालीमा चौथो पटक  निषेधाज्ञा जारी, अब निषेधाज्ञा जेठ १३ सम्म लम्बिने

धनगढी ।  कैलाली जिल्लामा चौथो पटक निषेधाज्ञा  लागु गरिन भएको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा एक साता  थपेर जेठ १३ सम्म लम्ब्याएको छ ।

 यसअघि बैशाख ३१ गतेखि जेठ ६ सम्मका लागि जारी गरिएको निषेधाज्ञा अहिले कायमै छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थान समिति (डीसीएमसी ) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।