धनगढी पोष्ट
सोमबार, ०३ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ४ शय ३३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका१ शय ७६ जना रहेका छन्
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ७ शय ५५ जनाको परिक्षण गरिएकोमा धनगढीका १ शय ७ पुरुष र ६८ महिलामा कोरोना पुष्टि भएको हो ।
कोरोना संक्रमणको पुष्टि हुनेमा धनगढी बाहेकको कैलालीका पालिकाहरुका पुरुष १ शय २९ र महिला ६८ गरि १ शय ९७ जना रहेका छन् । त्यस्तै कैलाली बाहेकका जिल्लाका ३८ पुरुष र२२ महिला गरि ६० जनामा संक्रमण पुष्टि भएको ।
सेती अस्पतालको अस्थायी कोरोना अस्पतालम अहिले १ शय ११ जना र इमरजेन्सी वार्डमा ३४ जना संक्रमितहरुको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
अस्पतालमा १ जनाको भेन्टिलेटरमा, ९० जनाको आइसीयुमा उपचार भैरहेको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितहरु निको भएका छन् भने ८ जना नया बिरामी भर्ना भएका छन् ।