धनगढी पोष्ट
सोमबार, ०३ जेठ २०७८ मा प्रकाशित
धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोेरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्चनपुरको पुनर्वास नगरपालिकाका २ जना र धनगढी उपमहानगरपालिकाका १ जना रहेका छन् ।
कन्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ६का ६० बर्षीय पुरुषको आइतबार साझ पौने ६ बजे, वडा नम्बर १३ का ४५ बर्षीय पुरुषको आइतबार राति ९ बजे र धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ६३ बर्षीय महिलाको सोमबार बिहान डेढ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा अहिले १ शय ११ जना र इमरजेन्सी वार्डमा ३४ जना संक्रमितहरुको उपचार भैरहेको छ ।