धनगढी पोष्ट
सोमबार, ०३ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्री भट्टकको स्वाबको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्रीको स्वकीय सचिवालयले मुख्यमन्त्री सरकारी निवामै आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छ ।