धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

बैतडीमा निषेधाज्ञाको अवधिम बैंक तथा बित्तीय सँस्था तीन दिन मात्र खुल्ने

बैंक तथा बित्तीय संस्थाहरुले सुरक्षाका मापदण्ड अपनाएर  सञ्चालन गर्नु पर्नेछ ।

बैतडी । बैतडीमा निषेधाज्ञाको अवधिमा बैंकहरु हप्तामा तीन दिन मात्रै खुल्ने भएका छन् ।

कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डले जारी गरेको निषेधाज्ञामा बैंक तथा बित्तीय संस्थाहरु हप्ताको तीन दिन मात्रै कारोवार गर्नु पर्ने उल्लेख  छ ।

बैंक तथा बित्तीय संस्थाहरु आइतबार, मंगलबार र बिहीबार बिहान ७ देखि ९ बजे सम्म मात्रै खुला रहनेछन् ।

बैंक तथा बित्तीय संस्थाहरुले सुरक्षाका मापदण्ड अपनाएर  सञ्चालन गर्नु पर्नेछ ।