धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

मोटरसाइकल दुर्घटनामा घाइतेको अस्पतालमा मृत्यु

भाँसिबाट राजिपुर जाने क्रममा सोमबार साझ दुर्घटनामा परेका भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा घाइतेको अस्पतालमा मृत्यु

महेद्रनगर । कन्चनपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको उपचारका क्रमम अस्पतालमा मृत्यु भएको छ ।

भाँसिबाट राजिपुर जाने क्रममा सोमबार साझ दुर्घटनामा परेका भिमदत्त नगरपालिका वडा नम्बर १ राजिपुरका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले बताए ।

से ५ प ५५३४ नम्बरको मोटरसाइकलमा  राजिपुरमा आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा  गम्भीर घाइते भएपछि महाकाली अस्पतालमा उपचार भैरहेको थियो ।