सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण

२४ घण्टामा ३०३ जनामा संक्रमण पुष्टि, धनगढीका १८५ जना

कोरोना संक्रमणको पुष्टि हुनेमा धनगढी बाहेकको कैलालीका पालिकाहरुका पुरुष ५३ र महिला २८ गरि ८१ जना रहेका छन्  ।

२४ घण्टामा ३०३ जनामा संक्रमण पुष्टि, धनगढीका १८५ जना

धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३ शय ३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १ शय ८५ जना रहेका छन्

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ५ शय ९ जनाको परिक्षण गरिएकोमा धनगढीका १ शय १ पुरुष र ८४ महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणको पुष्टि हुनेमा धनगढी बाहेकको कैलालीका पालिकाहरुका पुरुष ५३ र महिला २८ गरि ८१ जना रहेका छन्  । त्यस्तै कैलाली बाहेकका जिल्लाका  २० पुरुष र १५ महिला गरि ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालको अस्थायी कोरोना अस्पतालम अहिले १ शय २२ जनाको संक्रमितहरुको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा १७ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ९० जनालाई अक्सिजन सपोर्ट भैरहेको छ  । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरु निको भएका छन् भने ८ जना नया बिरामी भर्ना भएका छन् ।