धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण

२४ घण्टामा ३०३ जनामा संक्रमण पुष्टि, धनगढीका १८५ जना

कोरोना संक्रमणको पुष्टि हुनेमा धनगढी बाहेकको कैलालीका पालिकाहरुका पुरुष ५३ र महिला २८ गरि ८१ जना रहेका छन्  ।

२४ घण्टामा ३०३ जनामा संक्रमण पुष्टि, धनगढीका १८५ जना

धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ३ शय ३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका १ शय ८५ जना रहेका छन्

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ५ शय ९ जनाको परिक्षण गरिएकोमा धनगढीका १ शय १ पुरुष र ८४ महिलामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमणको पुष्टि हुनेमा धनगढी बाहेकको कैलालीका पालिकाहरुका पुरुष ५३ र महिला २८ गरि ८१ जना रहेका छन्  । त्यस्तै कैलाली बाहेकका जिल्लाका  २० पुरुष र १५ महिला गरि ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती अस्पतालको अस्थायी कोरोना अस्पतालम अहिले १ शय २२ जनाको संक्रमितहरुको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा १७ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ९० जनालाई अक्सिजन सपोर्ट भैरहेको छ  । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरु निको भएका छन् भने ८ जना नया बिरामी भर्ना भएका छन् ।