धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

मृत्यु हुनेमा ४ पुरुष र २ महिला रहेका छन् ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित ६ जनाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा कोेरोना संक्रमित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष र २ महिला रहेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ५८ बर्षीय पुरुषको सोमबार दिउसो साढे २ बजे, वडा नम्बर १ का ८० बर्षीय पुरुषको मंगलबार बिहान  सव ९ बजे, वडा नम्बर  १७ की ३५ बर्षीय महिलाको मंगलबार बिहान ११ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

त्यस्तै  मृत्यु हुनेमा कन्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३२ बर्षीय पुरुष, कैलालीको जोशीपुर गाउपालिका वडा नम्बर ५ की २९ बर्षीय महिला र डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ का ६१ बर्षीय पुरुष  रहेका छन् ।

सेती अस्पतालको अस्थायी कोरोना अस्पतालम अहिले १ शय २२ जनाको संक्रमितहरुको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा १७ जनाको आइसीयुमा उपचार भैरहेको छ भने ९० जनालाई अक्सिजन सपोर्ट भैरहेको छ  । पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितहरु निको भएका छन् भने ८ जना नया बिरामी भर्ना भएका छन् ।