धनगढी पोष्ट
बुधबार, ०५ जेठ २०७८ मा प्रकाशित
धनगढी । जिल्ला प्रशासन कार्यालय जेठ ७ गतेदेखि कैलालीमा निषेधाज्ञालाई तप कडा पार्ने भएको छ ।
कोरोनाको जोखिम बढिरहेको बेलामा कैलालीका प्रमुख जिल्ला अधिकरी खगन्द्र प्रसाद रिजालले चौथो पटक जारी गरेको निषेधाज्ञामा भनिएको छ ‘औषधी उपचार लगायतका अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्कन र हिडडुल गर्न नदिन थप कडाइ पारिनेछ ।’
कोरोनाको जोखिम बढ्ने क्रम नरोकिएकोले कैलालीमा चौथा पटक जेठ ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ । कैलालीमा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म, दोश्रो पटक वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र तेश्रो पटक वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।
किराना पसल, फलफुल र दुग्धजन्य पद्धार्थका पसलहरु यसअघि झै हप्तामा मंगलबार, बिहीवार र शनिबार बिहान ६ देखि ९ बजेसम्म खुला रहनेछन् ।