धनगढी पोष्ट
बुधबार, ०५ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौ । अहिले नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना फैलिएको पुष्टि भएको छ । भारतमा रहेको बिश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याबमा गरिएको परिक्षणमा भारतीय भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि भएको हो ।
गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार प्राप्त नतिजा अनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १।६१७।२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १।६१७।१ पुष्टि भएको छ ।
यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिन्छ । हालसम्म बी १।६१७।१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १।६१७।२ विभिन्न १० देशमा भेटिएको छ ।
दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको छ ।
यो सबै समेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुमा पाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।