धनगढी पोष्ट
बुधबार, ०५ जेठ २०७८ मा प्रकाशित
नयाँदिल्ली– भारतको उत्तर प्रदेश प्रान्तमा कोरोना संक्रमणबाट थप एक मन्त्रीको मृत्यु भएको छ । पछिल्लोपटक मंगलबार राज्यका बाढी नियन्त्रण र राजस्व राज्यमन्त्री विजय कश्यपको मृत्यु भएको हो ।
यो सहित उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुने मन्त्रीको संख्या तीन पुगेको छ । कश्यपको गुडगाँवस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुजफ्फरनगरको चरथावल विधानसभा क्षेत्रबाट विधायक बनेका कश्यप अघिल्लो साता संक्रमित भएका थिए ।
यसअघि कोरोनाको पहिलो लहरमा दुई मन्त्री चेतन चौहान र कमल रानी वरुणको मृत्यु भएको थियो । कश्यपको मृत्युमा मुख्यमन्त्री योगी आदित्यनाथले शोक व्यक्त गरेका छन् । (बीबीसी)