धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

निषेधाज्ञा अवधिमा स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल सञ्चालकलाई कारवाही गर्ने प्रशासनको चेतावनी

स्वास्थ्य संस्था  र हप्तामा तीन दिन निश्चित समय पसल खोल्ने अनुमति पाएका पसलका सञ्चालकहरुलाई स्वास्थ्य मापदण्ड पालना नगरे  कारवाही गर्ने चेतावनी प्रशासनले दिएको हो ।

निषेधाज्ञा अवधिमा स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल सञ्चालकलाई कारवाही गर्ने प्रशासनको चेतावनी

धनगढी ।  थप कडाइका साथ गरिन लागेको निषेधाज्ञाका बेलामा स्वास्थ्य मापदण्ड पालना नगर्ने पसल सञ्चालकहरुलाईकारवाही गर्ने चेतावनी जिल्ला प्रशासन कार्यालय कैलालीले दिएको छ ।

स्वास्थ्य संस्था  र हप्तामा तीन दिन निश्चित समय पसल खोल्ने अनुमति पाएका पसलका सञ्चालकहरुलाई स्वास्थ्य मापदण्ड पालना नगरे  कारवाही गर्ने चेतावनी प्रशासनले दिएको हो । जेठ ७ देखि १३ गतेसम्म लागु हुने निषेधाज्ञाका क्रममा स्वास्थ्य मापदण्ड पालना नगरे कारवाही गरिने चेतावनी दिइएको हो ।

स्वास्थ्य सेवा, खाद्य सामाग्री, लगायत अत्यावश्यक सेवाका सेवा प्रदायकहरुले जनस्वास्थ्यका मापदण्डहरु (मास्क प्रयोग, भौतिक दुरी कायम, सेनिटाइजर वा साबुन प्रयोग ) कडाईका साग गर्नु÷गराउनु पर्नेछ । सो नगरेमा नगराइएमा सञ्चालकहरुलाई कारवाही हुनेछ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्धारा जारी आदेशमा भनिएको छ ।

केन्द्रिय कोभिड संकट व्यवस्थापन केन्द्र, प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्र र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रबाट जारी भएका मापदण्ड, योजना  तथा आदेशलाई कार्यान्वयन गर्नु सबैको कर्तव्य हुने उल्लेख गर्दै आदेशमा भनिएको छ आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुरयाउने व्यक्ति तथा संस्थालाई  संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही र सजाय हुने व्यहोरा जानकारी गराइन्छ ।     

निषेधाज्ञाको अवधिमा स्वास्थ्य सेवा प्रदायकहरु सधै खुला रहेन छन् भने तरकारी, फलफुल तथाखाद्य बस्तुका पसलहरु हपतामा मंगलबार, बिहीवार र शनिबार बिहान ६ देखि ९ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर खुला रहनेछन्  ।

कोरोनाको जोखिम बढ्ने क्रम नरोकिएकोले कैलालीमा चौथा पटक जेठ ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा लागु गरिएको  छ । कैलालीमा पहिलो पटक वैशाख १६ गतेदेखि २२ गतेसम्म, दोश्रो पटक वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र तेश्रो पटक वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो ।