धनगढी पोष्ट 
                                बिहिबार, ०६ जेठ २०७८  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी  । सुदुरपश्चिम प्रदेशमा बुधबार गरिएको पीसीआर परिक्षणमा ८८१ जनामा कोरोना संक्रमण भेटिएको छ भने एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ७२ जनामा संक्रमण भेटिएको छ ।
प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको १९२६ नमूनाको  पीसीआर परिक्षण गर्दा ८८१ जनामा संक्रमण भेटिएको  स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । त्यस्तै ५ वटा सीमानाकामा २७९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । 
सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा परिक्षण  गरिएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ९२९ नमूना परीक्षण गर्दा ४५३ जना, महाकाली अस्पतालमा ८८ नमूना परीक्षण गर्दा ५२ जना, डडेल्धुरा अस्पतालमा २७८ नमूना परीक्षण गर्दा ९१ जना, डोटी अस्पतालमा ६३ नमूना परीक्षण गर्दा ३५ जना, बैतडी अस्पतालमा १८६ नमूना परीक्षण गर्दा ५३ जना, बझाङ्ग अस्पतालमा १९० नमूना परीक्षण गर्दा ४० जना र अछामको कमलबजार अस्पतालमा १९२ जनाको नमूना परीक्षण गर्दा १५७ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।