धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

कोभिडको जोखिमसँग जुझ्न सेती प्रादेशिक अस्पतालद्धारा  कार्य प्रणालीमा परिवर्तन

कोभिडको परिक्षण र उपचारमा खटिरहेको सेती प्रादेशिक अस्पतालले व्यवस्थापकीय कार्य प्रणालीमा परिवर्तन गरेको छ ।

कोभिडको जोखिमसँग जुझ्न सेती प्रादेशिक अस्पतालद्धारा  कार्य प्रणालीमा परिवर्तन

धनगढी । कोभिडको परिक्षण र उपचारमा खटिरहेको सेती प्रादेशिक अस्पतालले व्यवस्थापकीय कार्य प्रणालीमा परिवर्तन गरेको छ । सेवा थप चुस्त दुरुस्त तथा प्रभावकारी बनाउन अस्पतालले  जेठ ९ गते आइतबारदेखि लागु हुने गरि बार अनुसारको कार्यतालिका सार्वजनिक गरिएको छ ।

कोभिड १९ को असहज परिस्थितिका सन्दर्भमा व्यवस्थाकीय पक्षलाई मजबुत बनाउदै जान चालु ब्यवस्थापकीय कार्य प्रणलीमा परिवर्तन गरि  सेती प्रादेशिक असपतालका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद जोशीद्धारा बिहीबार प्रकाशित बिज्ञप्तिमा भनिएको छ, तपसिल बमोजिमको कार्ययोजना बनाइएको ब्यहोरा जानकारी गराइन्छ । 

परिवर्तित कार्य योजना अन्तर्गत  आइतबार कोभिड वार्डमा खटीएका चिकित्सक तथा नर्सिङ इञ्चार्जसंग देखिएका समस्याका बारेमा छलफल तथा आईसीयू र भेन्टिलेटरका बारेमा रिपोर्टिङ गरिनेछ ।