धनगढी पोष्ट 
                                बिहिबार, ०६ जेठ २०७८  मा प्रकाशित
                            
                         
                        
                     
                    
                        धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परिक्षणमा ४ शय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा अस्पतालमा उपचाररत ४ कोरोना संक्रमितके मृत्यु भएको छ ।
 पछिल्लो २४ घण्टामा ८ शय ४६ जनाको स्वाब परिक्षण गरिएकोमा  ४ शय ६४ जनामा संक्रमण भेटिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । 
सेती अस्पतालमा  हाल १ शय ३ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।  पछिल्लो २४ घण्टामा ११ जना निको भएर घर फर्र्किएका छन् । 
पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमणका नयाँ बिरामीहरु सेती अस्पतालमा भर्ना भएका छन् ।