धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024
सेती अस्पतालमा कोरोना परिक्षण  र उपचार

सेती अस्पतालमा २ जनाको मृत्यु,  २२९जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणका नयाँ बिरामीहरु सेती अस्पतालमा भर्ना भएका छन् ।

सेती अस्पतालमा  २ जनाको मृत्यु,  २२९जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बिहीवार  गरिएको परिक्षणमा २ शय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा अस्पतालमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

५ शय ९८ जनाको स्वाब परिक्षण गरिएकोमा  २ शय २९ जनामा संक्रमण भेटिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

सेती अस्पतालमा  हाल १ शय ८ जना कोरोना संक्रमितहरुको उपचार भैरहेको छ ।  पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्र्किएका छन् ।

पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमणका नयाँ बिरामीहरु सेती अस्पतालमा भर्ना भएका छन् ।