धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

१४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा देउवाको दाबी राष्ट्रपति कार्यालयमा दर्ता

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई १५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्

१४९ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीमा देउवाको दाबी राष्ट्रपति कार्यालयमा दर्ता

काठमाडौं । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी राष्ट्रपति कार्यालय शीतलनिवासमा दर्ता भएको छ ।

१४९ सांसदको हस्ताक्षर सहित देउवा राष्ट्रपति कार्यालय पुगेका थिए । देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव र एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि शीतलनिवास पुगेका थिए ।

कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २७ र जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १३ सांसदले देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

यसअघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई १५३ जना सांसदको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन्