धनगढी पोष्ट
शुक्रबार, ०७ जेठ २०७८ मा प्रकाशित
बाजुरा । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बाजुरा जिल्लामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । एक हप्ता थपिएपछि अब बाजुरामा जेठ १४ गतेसम्म निषेधाज्ञा लम्बिने भएको छ ।
यसअघि लागु गरिएको निषेधाज्ञा जेठ ७ गते राति सकिदैछ ।
अब शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले थप गर्न सिफारिश गरेपछि बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले निषेधाज्ञा थपिएको आदेश जारी गरेका छन् ।
जिल्लामा कोरोना भाइरसको संक्रमित दिनानुदिन बढ्दै गएको र संक्रमणबाट मृत्यु हुनेको संख्या समेत नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गोपा प्रसाद अधिकारीले बताए ।
निषेधाज्ञा जेठ १४गते राति १२ बजेसम्म लागु हुने प्रशासनले जनाएको छ ।