धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण र उपचार

सेती प्रादेशिक अस्पतालमा २ जनाको मृत्यु, २२९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्किएक छन् भने  ११ जना अस्पतालमा भर्ना भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा २ जनाको मृत्यु, २२९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोनाको उपचार गराइरहेका २ जनाको मृत्यु भएको छ  भने  २ शय २९ जनामा कोरोना संक्रमणको पष्टि भएको छ ।

सेती अस्पतालका सुचना अधिकारी  दिलिप श्रेष्ठका अनुसार कन्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ११ की ५२ बर्षीय  महिलाको बिहीवार राति ९ बजे  र कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का ५५ बर्षीय पुरुषको शुक्रवार बिहान ११ बजे मृत्यु भएको हो ।    

शुक्रवार दिउसो २ बजेसम्म सेती अस्पतालमा ५ शय ९८ जनाको स्वाब परिक्षण गरिएकोमा धनगढी उपमहानगरपालिकाका  ९९ जनामा संक्रमण भेटिएको हो । 

संक्रमण पुष्टि  हुनेमा धनगढी उपमहानगरपालिका बाहेकका कैलालीका अन्य पालिकाहरुका ६५ पुरुष र ३५ महिला गरि १ शय र  कैलाली बाहेकका अन्य जिल्लाका  २३ पुरुष र १८ महिला गरि ४१ जना रहेका छन् ।

सेती अस्पतालको कोभिड अस्पतालमा १ शय ८ जना र इमर्जेन्सीमा २९ जनाको उपचार भैरहेको सुचना अधिकारी श्रेष्ठले बताए ।

पछिल्लो २४ घण्टामा ४ जना निको भएर घर फर्किएक छन् भने  ११ जना अस्पतालमा भर्ना भएका छन् ।