धनगढी पोष्ट
शनिबार, ०८ जेठ २०७८ मा प्रकाशित
धनगढी । सुदुरपश्चिम प्रदेशमा बिहीवार गरिएको पीसीआर परिक्षणमा ९८४ जनामा कोरोना संक्रमण भेटिएको छ भने एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा ५६ जनामा संक्रमण भेटिएको छ । सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमित ११ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण कञ्चनपुरका ९, बैतडी र अछामका १/जना गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
प्रदेशका ७ वटा प्रयोगशालामा गरिएको २१५७ नमूनाको पीसीआर परिक्षण र ५ वटा सीमा नाकामा ४९० नमूना ऐन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।
स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १२१६ नमूना परीक्षण गर्दा ५३९ जना, महाकाली अस्पतालमा ७० नमूना परीक्षण गर्दा ४५ जना, डडेल्धुरा अस्पतालमा २८० नमूना परीक्षण गर्दा १२० जना, डोटी अस्पतालमा १०९ नमूना परीक्षण गर्दा ४१ जना, बैतडी अस्पतालमा ३४३ नमूना परीक्षण गर्दा ६६ जना, बझाङ्ग अस्पतालमा ९५ नमूना परीक्षण गर्दा ५१ जना र अछामको कमलबजार अस्पतालमा १४४ जनाको नमूना परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा कोराना संक्रमण पुष्टि भएका १८ हजार १ सय १२ जनाले कोरोना जितेका छन् ।