धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दावी खारेज गर्ने राष्ट्रपति भण्डारीको निर्णय

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने ओली र देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको उल्लेख गरेकी छन् ।

प्रधानमन्त्रीमा ओली र देउवा दुवैको  दावी खारेज गर्ने राष्ट्रपति भण्डारीको निर्णय

 

प्रधानमन्त्रीमा ओली देउवा दुवैको  दावी खारेज गर्ने राष्ट्रपति भण्डारीको निर्णय

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमनत्रीमा प्रस्तुत गरेका दाबीका  आधार  नपुगेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्ने निर्णय गरेकी छन्

दुवै जनाले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको शुक्रबार मध्यरात राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन्

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा बमोजिम प्रधानमन्त्री पदमा दाबी पेस गर्न बिहीबार आह्वान गर्दै शुक्रबार बेलुकी बजेसम्मको समय दिएकी थिइन्

निर्धारित समयभित्र कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समेत समर्थनमा देउवाले १४९ जनाको हस्ताक्षर सहित राष्ट्रपति समक्ष प्रधानमन्त्रीको दाबी प्रस्तुत गरेका थिए त्यस्तै ओलीले एमाले जसपाका १५३ जना सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका थिए

राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्ने ओली देउवा दुवैको पक्षमा हस्ताक्षर गरेका सांसदहरुको नाम जुधेको उल्लेख गरेकी छन्

त्यस्तै शुक्रबार एमालेको ओली पक्षले नेपालपक्षका सांसदहरुलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको तथा ओलीलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा)का महन्ठ ठाकुर पक्षले देउवालाई समर्थन गरेका उपेन्द्र यादव पक्षलाई कारबाही गरेको पत्र राष्ट्रपति कार्यालयमा प्राप्त भएको उल्लेख गरेकी छन्