धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

मध्यरातमा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।

मध्यरातमा प्रतिनिधि सभा विघटन, कात्तिक २६ र मङ्सिर ३ मा मध्यावधि निर्वाचन घोषणा

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छन्

सरकारको सिफारिस बमोजिम उनले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गरेर आउँदो कात्तिक २६ मङ्सिर गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेकी हुन्

शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरेर दुई चरणमा मध्यावधि निर्वाचन गर्ने गरी राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो

राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए

शुक्रबार मध्यरात जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुवै जनाले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेखिएको समेत उल्लेख गरेकी थिइन्