धनगढी पोष्ट मङ्गलबार, ०५ फागुन २०८२   February 17, 2026

कैलारी गाउँपालिकाको वडा कार्यालयमा चोरी

वडा नम्बर ४ कै कार्यालयबाट यसअघि पनि चोरी भएको थियो ।

कैलारी गाउँपालिकाको वडा कार्यालयमा चोरी

धनगढी कैलालीको कैलारी गाउँपालिका वडा नम्बर को वडा कार्यालयमा शुक्रवार राति  चोरी भएको

वडा कार्यालयको ताला तोडेर एउटा कार्यालयमा रहेका एलसीडी, चार हजार रुपैयाँ पानी तान्ने मोटर चोरेर लगेका  कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताए

अध्यक्ष चौधरीका  अनुसार चोरले सीसी क्यामेरा जडान गरिएको कम्प्युटरको हार्डडिस्क निकालेर फालेको अवस्थामा भेटिएको सो हार्डडिस्क फेला परे पनि नचलेका कारण त्यसमा रेकर्ड फुटेज हेर्न नसकिएको अध्यक्ष चौधरीले बताए

वडा नम्बर कै कार्यालयबाट यसअघि पनि चोरी भएको थियो सो बेलामा ७५ हजार रुपैयाँ चोरी भएको थियो पहिले अहिलेको चोरी घटनाको प्रकृति एउटै देखिएकाले पहिले चोरी गरेकै चोरले यसपटक पनि चोरी गरेको हुन सक्ने आफूहरुको आशंका रहेको चौधरीको भनाइ