धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण र उपचार

सेती अस्पतालमा ४ जनाको मृत्यु,  ५३८ जनामा कोरोना संक्रमण पुष्टि

सेती अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भएर फर्किएका छन् ।

सेती अस्पतालमा ४ जनाको मृत्यु,  ५३८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालम उपचाररत कोरोना संक्रमित ४ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा ५ शय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार १ हजार १ जनाको परिक्षण गरिएकोमा ५ शय ३८ जनामा कोरोना पुष्टि भएको हो ।

सेती अस्पतालमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित निको भएर फर्किएका छन् भने ९ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

अस्पतालमा १ शय ३ जनाको उपचार भैरहेको छ । उपचारमा रहेका मध्य १६ जना आइसीयुमा रहेका छन् ।