आफ्नै कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै गौरीगंगा नगरपालिका

अस्थायी कोभिड अस्पतालको सञ्चालनले पालिकाका वासिन्दाले कोरोना संक्रमणका कारण अप्ठेरो भएमा टाढा जानु पर्ने समस्याको अन्त्य भएको छ ।।

आफ्नै कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार गर्दै गौरीगंगा नगरपालिका

धनगढी । कोरोनाकोे दोश्रो लहर बढिरहेको बेलामा कैलालीको गौरीगंगा नगरपालिकाले आफ्नै कोभिड १९ कोभिड अस्पताल सञ्चालन गरेर कोभिड संक्रमितहरुको उपचार गरिरहेको छ । 

कोभिड १९ को दोश्रो लहर बढ्न शुरु भएको लगत्तै नगरपालिकाले चौमालाा प्राथमिक स्वास्थ्य केन्द्र नजीकै अस्थायी कोभिड अस्पताल सञ्चालन गरेको हो ।

अस्पतालमा आफ्ना पालिकाका कोरोना संक्रमितहरुको उपचार गर्ने गरिएको गौरीगंगा नगरपालिकाका  जनस्वास्थ्य निरीक्षक इश्वरी  प्रसाद भुषाल बताउँछन् । कोभिड संक्रमितहरुको उपचारका लागि सबै ठाउँका अस्पतालहरुमा बेड पाउन अहिले गाह्रो छ । जनस्वास्थ्य निरीक्षक भुषालले भने त्यसैले आफ्ना पालिकाका बासिन्दाहरुले कोभिडको उपचारका लागि बाहिर जान  नपरोस् भनेर आफ्नै अस्थायी कोभिड अस्पताल  सञ्चालन गरेका छौं ।

चौमालमा स्वास्थ्य केन्द्रको नजीकै रहेको खाली भवनको मर्मत गरेर नगरपालिकाले कोभिड अस्थायी अस्पताल सञ्चालन गरेको हो । अस्पतालमा  सेवा दिनका लागि एक जना चिकित्सकको पनि नगरपालिकाले व्यवस्था गरेको छ । आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरुले पनि सृवा दिने गरेका छन् । 

अस्पतालमा ४ वटा अकिसजन कन्सन्ट्रेटर र १० अक्सिजन सिलिण्डरको व्यवस्था छ । अस्थायी कोभिड अस्पतालमा ठाउ नपुगेमा इमरजेन्सी प्रयोगका लागि स्वास्थ्य चौकीका क्वार्टहरहरु पनि खाली अवस्थामा राखिएको भुषालले बताए ।

अहिलेसम्म अस्थायी कोभिड अस्पतालमा उपचार गरेर १० महिला र १७ पुरुगा गरि २७ जना  निको भएर  फर्किसकेका छन्  भने ४ महिला र १४ पुरुषको उपचार भैरहेको छ । 

जनस्वास्थ्य निरीक्षक  भुषालका अनुसार डोटीमा कोरोना संक्रमित भएका र धनगढीमा कोरोना संक्रमित भएर अक्सिजन पाउन नसकेका गौरीगंगा नगरपालिकाका ४ जना बासिन्दाहरुलाई चौमालाको आफ्नै अस्थायी अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

अस्थायी कोभिड अस्पतालको सञ्चालनले पालिकाका वासिन्दाले कोरोना संक्रमणका कारण अप्ठेरो भएमा टाढा जानु पर्ने समस्याको अन्त्य भएको बताए । 

गौरीगंगा नगरपालिकामा हालसम्म पीसीआर परिक्षणमा १ शय ७ र एन्टिजेन परिक्षणमा  ५६ जना  गरि  एक शय  ६३ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । हाल २२ महिला र ४३ पुरुष होम आइसोलेसनमा रहेका छन् । नगरपालिकाले प्रत्येक हप्ता मंगलबार  र शुक्रवार सम्भावित संक्रमितहरुक  स्वाब संकलन गर्ने गरेको छ ।