धनगढी पोष्ट
शनिबार, ०८ जेठ २०७८ मा प्रकाशित
काठमाण्डौं । विपक्षी गठबन्धनले राष्ट्रपतिको कदम विरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल सहितको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने कार्य प्रतिगामी भएको पनि बैठकले ठहर गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेमतो गरेर प्रतिनिधिसभा विघटन गर्ने वदनियतपूर्ण कार्य राष्ट्रपतिबाट भएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।
संविधानको धारा ७६ ९५० अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि वहुमत सदस्यको हस्ताक्षर सहित दावी पेश गरिए पनि राष्ट्रपतिबाट संवैधानिक दायित्व निर्वाह नभएको विज्ञप्तिमा भनिएको छ ।