धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024
सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षण र उपचार

सेती अस्पतालमा ५ जनाको मृत्यु, १२९ जनामा कोरोना संक्रमण पुष्टि

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ८२ जनाको उपचार भैरहेको छ ।

सेती अस्पतालमा ५ जनाको मृत्यु, १२९ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ५ जनाको मृत्यु भएको छ भने १ शय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

५ शय ६५ जनाको स्वाब परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएका सबै कैलाली जिल्लामा हुन् । संक्रमण पुष्टि हुने मध्य धनगढी उपमहानगरपालिकाका ७ पुरुष र १ महिला गरि ८ जना  र  धनगढी बाहेक कैलालीका अरु पालिकाहरुका ६४ पुरुष र ५७ महिला र गरि १ शय २१  जना रहेका छन् ।

सोही अवधिमा अस्पतालमा गोदावरी नगरपालिकाका २ जना, धनगढी उपमहानगरपालिकाका २ जना र कैलारी गाउँपालिकाका १ जना गरि ५ जनाको मृत्यु भएको छ । 

सेती अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार गोदावरी नगरपालिका वडा नम्बर ५ का ४७ बर्षीय पुरुषको शनिबार राति पौने १२ बजे, वडा नम्बर १ का ५५ बर्षीय पुरुषको शनिबार राति पौने १२ बजे, धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ६५ बर्षीय पुरुषको आइतबार बिहान करिब ५ बजे र वडा नम्बर ५ का ६२ बर्षीय पुरुषको आइतबार बिहान १० बजे र कैलारी गाउपालिका वडा नम्बर ९ का ४५ बर्षीय पुरुषको शनिबार राति पौने ११ बजे मृत्यु भएको हो  ।

सेती अस्पतालको अस्थायी कोभिड अस्पतालमा ८२ जनाको उपचार भैरहेको छ ।  पछिल्लो २४ घण्टामा ३० जना निको भएर घर फर्किएका छन् भने १२ जना नयाँ बिरामी भर्ना भएका छन् ।