राष्टपतिले जारी गरिन जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने अध्यादेश

नागरिकता सम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश ल्याइएको थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने अन्तरिम संविधानमा व्यवस्था थियो ।

राष्टपतिले जारी गरिन जन्मसिद्ध नागरिकता पाएकाका सन्तानलाई बंशजको नागरिकता दिने अध्यादेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश २०७८ जारी गरेको हुन् ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छु राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध आधारमा नेपाली नागरिकता प्राप्त गरेकाहरुको सन्तानले वंशजको आधारमा नागरिकता पाउने प्रावधान सहितको अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

नागरिकता सम्बन्धी व्यवस्थामा संशोधन गरी अध्यादेश ल्याइएको थियो । जन्मसिद्ध नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनु पर्ने अन्तरिम संविधानमा व्यवस्था थियो ।

वर्तमान संविधानमा निर्माण गर्दा उक्त व्यवस्था हटाइएको थियो । मधेश केन्द्रित दलले नागरिकताको व्यवस्था सम्बन्धी अहिलेको प्रावधानको विरोध गर्दै आएका थिए । नागरिकताको सन्दर्भमा अन्तरिम संविधान, २०६३ सालकै प्रावधान कायम राख्नु पर्ने उनीहरुको जोड थियो । जसपाको माग सम्बोधन गर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश ल्याउन तयार भएका हुन् ।