धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रिटको पक्षमा हस्ताक्षर गर्ने माधव पक्षीय ५ सांसद सुदुरपश्चिमका

रिटका पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी, एमालेको माधव पक्ष, जनता समाजवादीको बाबुराम र उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर भैसकेपछि आव नै सर्वोच्चमा रिट दायर गर्ने तयारी भैरहेको छ ।

रिटको पक्षमा हस्ताक्षर गर्ने माधव पक्षीय ५ सांसद सुदुरपश्चिमका

धनगढी । शेर बहादुर देउवाको पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनु पर्ने दावी सहित सर्वोच्च अदालतमा रिट दायर गर्नका लागि एमालेका माधव नेपाल पक्षीय २३ सांसदले  हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने २३ मध्य ५ सांसद सुदुपश्चिम प्रदेशका रहेका छन् ।

रिटमा हस्ताक्षर गर्ने सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदमा अछामका भीम रावल, कैलाली क्षेत्र नम्बर २ का झपट रावल, कन्चनपुर क्षेत्र नम्बर ३ का दिपक प्रसाद भट्ट, समानुपातिक सांसदहरु लक्ष्मी चौधरी बिनाडी कैलाली  र निरादवी जैरु (डडेल्धुरा) रहेका छन् । 

रिटमा हस्ताक्षर गर्नेमा माधव नेपाल पक्षीय सांसदहरु बिरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुषाल, सोमप्रसाद पाण्डेय, कृष्णलाल महर्जन, सरला कुमारी यादब, कल्याणी खड्कामाधव नेपाल, कलिला खातुन, रामकुमारी झाक्री, झनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डेयमुकुन्द न्यौपाने, मेटमणि चौधरी र नारायण खतिवडा रहेका छन् ।

रिटका पक्षमा नेपाली काँग्रेस, नेकपा माओवादी, एमालेको माधव पक्ष, जनता समाजवादीको बाबुराम र उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर भैसकेपछि आज  नै सर्वोच्चमा रिट दायर गर्ने तयारी भैरहेको छ ।