धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्धारा सर्वोच्च अदालतमा रिट दर्ता

रिटमा संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गरी संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६ ९५० अनुसार शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिनुपर्ने माग गरिएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदद्धारा सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्ति र प्रतिनिधि सभा पुनस्थापनाको माग गर्दै  १ शय ४६ सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

संविधानको धारा ७६ (५)  अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको  छ  ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सांसदहरु अदालत पुगेका हुन् ।

रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । वैशाख २७ गते ओलीले विश्वासको मत लिँदा २७ जनाले अनुपस्थित भइ असहयोग गरेका थिए । शुक्रबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै राष्ट्रपतिलाई सुझाइएको पत्रमा नेपाल पक्षका २७ जनाले हस्ताक्षर गरे पनि रिट निवेदनमा हस्ताक्षर गर्नेको स।खय घटेको हो ।

त्यस्तै जसपाको उपेन्द्र यादव पक्षका १२ जना सांसदले रिट निवेदनमा हस्ताक्षर गरेका छन् । काग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका १२, एमालेका २३ र जनमोर्चाका १ गरी १४६ जनाको हस्ताक्षर जुटेको छ ।