धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

एमालेद्धारा  सुदुरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले  फिर्ता लिएको छ ।

सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

नेकपा एमालेको सुदुरपश्चिम प्रदेश समितिको गत चैत १५ गतेको बैठकले सुदुरपश्चिम सरकाराई  दिएको समर्थन फिर्ता लिन पार्टीको केन्द्रिय समितिमा सिफारिश गरेको थियो ।

सुदुरपश्चिम सरकारमा अहिले नेकपा एमालेका तीन मन्त्री छन् । नेकपा माओवादीका मुख्यमन्त्री सहित २ मन्त्री छन् । 

२०७४ मा निर्वाचन अघि नेकपा एमाले र नेकपा माओवादी मिलेर चुनाव लडेका थिए । त्यसपछि सुदुरपश्चिम प्रदेशमा एमालेको समर्थनमा माओवादीको नेतृत्वमा सरकार बनेको थियो । दुवै पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टीबनाएका थिए । तर अहिले एमाले  र माओवादी पार्टी अलग अलग भैसकेपछि एमालेले समर्थन फिर्ता लिएको हो ।