धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

पहुच भन्दा टाढा रहेको र बढी संक्रमित रहेका वडामै पुगेर एन्टिजेन  परिक्षण

शुरुआतमा धनगढी उपमहानगरपालिकाको वाड नम्बर १७ को समुदायमा पुगेर ५३ जनाको एन्टिजेन परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्य ३ जनामा पोजिटिभ देखिएको छ ।

पहुच भन्दा टाढा रहेको र बढी संक्रमित रहेका वडामै पुगेर एन्टिजेन  परिक्षण

धनगढी उपमहानगरपालिकाले पीसीआर परिक्षणबाट टाढा रहेका र संक्रमण बढी देखापरेका वडाहरुमा ट्रेसिङ गरेर एन्टिजेन परिक्षण गर्न शुरु गरेको छ ।

परिक्षणबाट कोही पनि नछुटुन्  र कोरोनाको जोखिम नबढोस् भनेर टोलटोलमा परिक्षण गर्न शुरु गरिएको धनगढीउपमहानगरपालिकका जनस्वास्थ्य निरीक्षक लक्ष्म राज उपाध्यायले बताए ।

जुन समुदायको पीसीआरमा पहुचन छैन र जुन  जुन समदायमा संक्रमण बढी छ । जनस्वास्थ्य निरीक्षक उपाध्यायले भने – ‘ती समुदयमै गएर एन्टिजेन परिक्षण शुरु गरेका छौं ।

शुरुआतमा धनगढी उपमहानगरपालिकाको वाड नम्बर १७ को समुदायमा पुगेर ५३ जनाको एन्टिजेन परिक्षण गरिएको हो । परिक्षण गरिएका मध्य ३ जनामा पोजिटिभ देखिएको छ ।  

 ‘वडाहरुमा कोरोना संक्रमण भएका व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी  गरेर उनीहरुको एन्टिजेन बिधिबाट कोरोना जाँच गछौं । उपाध्याय भने

रिपोर्ट आउन कुर्न नपरोस् भने एन्टिजेन परिक्षण गरिरहेका हौ । यो कार्य निरन्तर भैरहने उपाध्यायले बताए । 

अहिले लक्षण देखिएका व्यक्तिहरु मात्र  पीसीआर परिक्षणगराउन आएको तर संक्रमितको वरिपरि सम्पर्कमा आएका तर घरमै लुकेर बसेका कारण तिनीहरुको पहिचान गर्न जरुरी रहेको उपाध्यायले बताए ।  टोलमै गएर एन्टिजेन गर्दा त्यस्ता व्यक्तिहरुको पनि जाच हुने उपाध्यायले बताए  ।

उपमहानगरपालिकाले एन्टिजेनमा पोजिटिभ देखिएका, भारतबाट आउने मालबाहक सवारी साधनका चालकहरु र होम आइसोलेसनमा  बसिरहेका व्यक्तिहरुलाई  स्वास्थ्य किट बस्क दिइरहेको छ । किटबक्समा मास्क, औषधी, सुचना सामाग्री, ब्रश, मन्जन, सेनिटाइजर छन् ।