धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

एमालेको सुदुरपश्चिम संसदिय दललाई एकताबद्ध बनाएर लैजाने माधव पक्षीय सांसदहरु बीच सहमति

एमालेको सुदुरपश्चिम संसदिय दललाई एकताबद्ध बनाएर लैजाने माधव पक्षीय सांसदहरु बीच सहमति

धनगढी सुदुरपश्चिम प्रदेश सभामा रहेका माधव नेपाल पक्षीय सांसदहरुबीच सुदुरपश्चिम संसदिय दललाई एक ढिक्का बनाएर लैजानु पर्ने सहमति भएको

एमाले संसदिय दलको कार्यालयमा मगलबार बसेको माधव पक्षीय सांसदहरुको अनौपचारिक बैठकले सुदुरपश्चिम प्रदेशमा दलमा  एक भएर जाने निर्णय गरेको हो

केन्द्रमा जेसुकै होस्, यस प्रदेशमा सबै एक भएर जानु पर्छ भन्ने सहमति भएको बैठकमा सहभागी एक सांसदले भने त्यसै अनुसार भोलि (बुधबार ) संसदिय दलको बैठक बोलाइएको

२५ सदस्य रहेको नेकपा एमालेको सुदुरपश्चिम संसदिय दलमा माधव नेपाल पक्षीय सासदहरु अत्यधिक छन् मंगलबार भएको अनौपचारिक बैठकमा माधव पक्षीय अधिकांश सदस्यहरुको सहभागिता रहेको थियो  

सकेसम्म पार्टीबाट  टसमस नहुने, एमाले नै भैरहने हामी सबैको  भावना हो ती सदस्यले भने त्यसैमा हाम्रा प्रयासहरु केन्द्रित गर्नु पर्छ भन्ने हो

सांसदहरुका बीचमा भएको उक्त अनौपचारिक सहमतिपछि बुधबार बिहान  बोलाइएको संसदिय दलको बैठकमा केपी ओली पक्षधहरु सांसदहरुलाइ पनि बोलाइएको  यद्यपि मंगलबार बिहान बोलाइएको संसदिय दलको बैठकमा केपी ओली  पक्षीय सांसदहरुलाई बोलाइएको थिएन  

नेकपा एमालेले सुदुरपश्चिममा माओवादी नेतृत्वको सरकारलाइ दिंदै आएको  समर्थन फिर्ता लिने मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो उक्त  निर्णयपछि मंगलबार एमाले संसदिय दलको बैठक बोलाइएको थियो तर संसदिय दलको प्रमुख सचेतक तारा लामा तामाङले पहिले छलफल गर्नु पर्ने सबैलाई बैठकमा बोलाउनु पर्ने अडान लिएपछि बैठक अनौपचारिक छलफलमा परिणत भएको थियो  

दललाई एकताबद्ध रुपमा अघि बढाउने सहमति भएको बैठकमा सहभागी  अर्का सांसदले भने पार्टीलाई एकीकृत बनाएर लैजानका लागि माथि पनि अनुरोध गने  सकिने जति प्रयत्नहरु हामीले यस प्रदेशमा पनि गर्ने  भन्ने हो

सरकारबाट फिर्ता हुने बारेमा भने संसदिय दलको बैठकमा नै छलफल हुने ती सांसदले बताए उनले भने सरकारबाट बोलाएर मात्र भएन, त्यसको बिकल्प पनि दिनु पर्छ नि